Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

छ महिनामा नेपालबाट झण्डै पाँच करोडको सेनिटरी प्याड भारत निर्यात


1.2K
Shares

छ महिनामा नेपालबाट झण्डै पाँच करोडको सेनिटरी प्याड भारत निर्यात

काठमाडौं, १० माघ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालले चार करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात गरेको छ । नेपालले एक करोड ७९ लाख ९२ हजार २५२ थान सेनिटरी टावेल प्याड भारत निर्यात गरेको हो ।

त्यस्तै, एक लाख ६ हजार रुपैयाँ बराबरको एक हजार दुई सय ५५ केजी न्यापकिन भारत निर्यात गरेको छ । ११ करोड ८५ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ५६ हजार ८४० थान डाइपर पनि निर्यात गरेको छ।

नेपालले चालु आवको पहिलो महिनामा मात्रै २९ लाख १७ हजार रुपैयाँको ११ लाख नौ हजार थान सेनिटरी प्याड निर्यात गरेको थियो। उक्त महिना एक करोड ५५ लाख २९ हजार रुपैयाँको २४ लाख ४० हजार ७६५ थान डाइपर पनि निर्यात भएको थियो। नेपालबाट हरेक वर्ष सेनिटरी प्याड, डाइपर तथा न्यापकिन पेपर निर्यात भइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्ष नेपालले बंगलादेशमा समेत सेनिटरी प्याड निर्यात गरेको देखिन्छ। उक्त वर्ष बंगलादेशमा १८ हजार रुपैयाँको दुई हजार थान सेनिटरी प्याड निर्यात गरेको तथ्यांकले देखाउँछ।

गत आर्थिक वर्ष भारतमा पनि तीन करोड ५१ लाख ३९ हजार रुपैयाँको एक करोड १९ लाख २८ हजार २६४ थान सेनिटरी प्याड निर्यात गरेको थियो।

८ करोड ६१ लाख ३४ हजार रुपैयाँको एक करोड १३ लाख ५७ हजार ५८० थान डाइपर निर्यात भएको थियो।

आर्थिक वर्ष २०७७र७८ मा पनि एक करोड ६१ लाख ४८ हजार रुपैयाँको सेनिटरी प्याड भारत निर्यात भएको थियो। उक्त वर्ष पाँच करोड ३७ लाख ३० हजार रुपैयाँको डाइपर निर्यात भएको थियो । आर्थिक वर्ष २०७६र७७ मा एक करोड ९ लाख ७० हजार रुपैयाँका ४२ लाख ७९ हजार ३६४ थान सेनिटरी प्याड भारत निर्यात गरेको देखिन्छ।

आर्थिक वर्ष २०७५र७६ मा एक करोड ८६ लाख ११ हजार रुपैयाँको ७७ लाख ७८ हजार ३९७ थान सेनिटरी प्याड निर्यात भएको थियो । आर्थिक वर्ष २०७४र७५ मा तीन करोड ४४ लाख २१ हजार रुपैयाँको १६ करोड ११ लाख ८ हजार ६६ थान प्याड निर्यात भएको छ ।

आर्थिक वर्ष २०७३र७४ मा तीन करोड २९ लाख ७ हजार रुपैयाँको एक करोड ६१लाख १९ हजार २२० थान निर्यात भएको थियो । आर्थिक वर्ष २०७२र७३ मा २० लाख २५ हजार रुपैयाँको ३ लाख ८ हजार २८० थान प्याड रुस निर्यात भएको तथ्यांकमा उल्लेख छ।

सो वर्ष भारतमा ७ करोड ५२ लाख ८२ हजार रुपैयाँको तीन करोड ९४ लाख ७१ हजार ११६ थान भारत निर्यात भएको थियो । आर्थिक वर्ष २०७१र७२ मा पाँच करोड ४ लाख ३९ हजार रुपैयाँको दुई करोड २७ लाख १६ हजार ५८० थान प्याड निर्यात भएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology