गोरखा, १० माघ । गोरखा नगरपालिका वडा नंं. ९ लक्ष्मीबजारबाट एक बालकको उद्धार गरिएको छ । मानव सेवा आश्रम गोरखाले आरुघाट गाँउपालिका १० थुमी घर बताउने १० वर्षीय सुजन बरामको उद्धार गरिएको हो ।
उक्त बालकलाई हिजो राती बेवारिसे अवस्थामा उद्धार गरिएको आश्रमकी मुना लामाले जानकारी दिनुभयो । लामाका अनुसार आफ्नो हजुरबुबा र हजुरआमाको साथमा बस्दै आएका उनी आफ्नो मामा रमेश बरामको घर नवलपरासी जान हिडेको खुलेको छ । बरामले आफ्नो बाबुको नाम रमेश र आमाको नाम सेती बताएको छ । परिवारको खोजी कार्य जारी रहेको छ ।
तर, अहिले सम्म पनि कोही सम्पर्कमा नआएको लामाले बताउनुभयो । कसैले चिनेको भए पारिवारिक पुर्नमिलनका लागी ९८४३३४७६१२ मा सम्पर्क गरिदिन मानव सेवा आश्रमले सबैमा आग्रह गरेको छ ।