काठमाडौं,९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गराउनुभएको हो ।
उहाँलाई सिंहदरबारमा शपथग्रहण गराइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
म्याग्दीका श्रेष्ठ यसअघि पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए । २०७३ सालमा पनि उनी योजना आयोगको उपाध्यक्ष थिए ।