Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

यू २२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगिन् सुष्मा


1.4K
Shares

यू २२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगिन् सुष्मा

काठमाडौं,८ माघ । नेपाली खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक फाइनल यात्रा तय गरेकी छन् । थाइल्याण्डमा भइरहेको प्रतियोगिताको ४८ केजी तौलसमूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी बाइसेनबाई जनरगुली आरएससीका आधारमा पराजित गरी कम्तिमा रजत पक्का गरेकी हुन् । एसियालीस्तरको आधिकारिक प्रतियोगितामा नेपाली खेलाडी फाइनलमा पुगेको यो पहिलो अवसर हो । उनले बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् । यसअघि सुष्माले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहानलाई पराजित गरेकी थिइन् ।

प्रतियोगितामा नेपालबाट ३ महिला र ३ पुरुष खेलाडीको सहभागिता छ । महिलातर्फ आइतबार नै हुमा राईले ५७ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बत्तुर जोल्जार्गलसँग फाइनल प्रवेशका लागि खेल्नेछिन् । उनले् यसअघि क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरेकी थिइन् । बाइ पाएर कम्तिमा कांस्य पदक पक्का गरेकी त्रिशा जगेवुले ७५ केजी तौलसमूहको फाइनल प्रवेशका लागि बुधबारै काजाकस्तानकी यार्झान गुल्सायासँग खेल्दैछिन् ।

पुरुषतर्फ ४८ केजी तौलसमूहका लालप्रसाद उप्रेती र ५७ केजी तौलसमूहमा इन्द्रबहादुर सुनार भने क्वाटरफाइनलमा पराजित भइसकेका छन् । ८६ केजी तौलसमूहका विजय बाटा बाइ पाएर कम्तिमा कांस्यको हकदार बनिसकेका छन् । सेमिफाइनलमा उनले भारतका मुस्किता माइखेलसँग खेल्दैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology