Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि : शुल्क डायलाइसिस हुने


1.1K
Shares

भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि : शुल्क डायलाइसिस हुने

काठमाडौं, ८ माघ । नेपालगञ्जको भेरी अस्पतालमा अब दैनिक १८ जना मृगौला रोगीको नि : शुल्क डायलाइसिस हुने भएको छ । अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो ।

अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।

त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई विस्तार गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईंले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology