Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाकी एक महिला जुवातास खेलिरहेको अवस्थामा पक्राउ


2K
Shares

गोरखाकी एक महिला जुवातास खेलिरहेको अवस्थामा पक्राउ

गोरखा, ८ माघ । गोरखा घ्याल्चोककी एक महिला जुवातास खेलिरहेको अवस्थामा राजधानीको बसुन्धाराबाट पक्राउ परेकी छन् । प्रहरीले जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोककी ३२ बर्षिया शिला गुरुङलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

गुरुङलाई काठमाडौं महानगरपालिका–३ बसुन्धारा स्थित सृजनशिल टोल डेरा गरी बस्ने ३७ वर्षीया कल्पना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ ।

गुरुङ संगै जुवातास खेलिरहेका अन्य ८ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट नगद २१ हजार रूपैयाँ सहित क्यासिनो सिक्का २४१ थान र १२ गड्डी ताससहित फेला परेको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology