काठमाडौं, ८ माघ । प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गर्नु भएका छन् ।
आइतबार टुँडिखेलमा आयोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्नु हुदैं प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएका हुन ।
‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ,’ उहाँले भन्नुभयो ।
विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।