Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

जडीबुटी मिसाएको खाजा खाँदा एकको मृत्यु, ३ जना बिरामी


1.7K
Shares

जडीबुटी मिसाएको खाजा खाँदा एकको मृत्यु, ३ जना बिरामी

काठमाडौं, ७ माघ । जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ । सोही खाजा खाँदा तनि जना बिरामी भएका छन् ।

जुम्ला चन्दननाथ नगरपालिका— ८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ ८ का तिल धरालाको घरमा बनाउने क्रममा खाजा खादा बिरामी भई अस्पताल आएकामध्ये दीपक रोकायाको मृत्यु भएको र ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया, ३० वर्षीय पारस धराला बीरामी भएका छन् ।

बिरामीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

शनिबार दिउँसो तीन बजे चाउचाउ र सिमीको खाजामा गुन्नाइनु नामको जडीबुटी हालेर खाएको पाइएको प्रहरीले जनाएको छ ।

खाजा खाएपछि बिरामी भएका उनीहरूलाई उद्धार गरी प्रतिष्ठानमा पुर्‍याइएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology