Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नव ज्योती माविका १६ जना विद्यार्थीलाई पोषाक वितरण


2K
Shares

नव ज्योती माविका १६ जना विद्यार्थीलाई पोषाक वितरण

गोरखा, ७ माघ । गोरखा नगरपालिका वडा नं. ७ डण्डिडाँडामा रहेको नव ज्योती माध्यमिक विद्यलयका १६ जना विद्यार्थीलाई पोषाक वितरण गरिएको छ ।

विद्यलयको ४८ औं वार्षिक उत्सवको अवसरमा आज सदमुकामको जिविस चोकमा रहेको न्यु लोगो टेर्लसका सञ्चालक बालकृष्ण परियारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोषाक वितरण गर्नु भएका हुन् । जिल्लामा टेर्लस सञ्चालनमा आएको नै वर्ष पुगेको छ ।

नवैं वर्षको उपलक्ष्यम आर्थिक अवस्था कमजोर भएका कारण पोषाक किन्न नसक्ने तथा आसाय विद्यार्थीलाई निःशुल्क पोषाक वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सञ्चालक परियार लियो क्लब अफ गोरखा, टेलरिङ्ग व्यवसाय संघ गाेरखाका अध्यक्ष एवम समाजसेवी पनि हुनुहुन्छ । उहाँले पछिल्लो समय समाज सेवामा थुप्रै कामहरु गर्दै आउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology