गोरखा, ७ माघ । गोरखाको धार्चे गाउँपालिकाको रेसे खोलामा भएको भलिबल प्रतियोगिताको उपाधि बारपाक सुलिकोट गाउँपालिकाको उलाजुङ युवा क्लवले जितेको छ । रेसे सिङला माघेसक्रान्ति मेलाको अबसरमा आयोजित प्रतियोगितामा सृजनशील युवा समाज लाप्राक दोस्रो र श्री धार्चेमुनि टाढी युवा क्लव लापु तेस्रो भएको भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुन सफल उलाजुङ युवा क्लबले नगद रु ६० हजार दोस्रो हुन सफल सृजनशिल युवा क्लबले ४० हजार र धार्चेमुनि टाढी युवा क्लवले नगद रु २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको मेला संयोजक राज गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगिता अन्र्तगत महिला भलिवल तर्फको उपाधी पनि उलाजुङ युवा क्लब बारपाक सुलिकोटले हात पारेको उहाँको भनाई छ । महिला भलिबल तर्फ जनसेवा युवा क्लव सिङला दोस्रो र योङ्गर युवा क्लव गुम्दा तेस्रो भएका छन् ।
प्रतियोगितामा बिजेत क्लबहरु क्रमस नगद १५ हजार, १२ हजार र ८ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको संयोजक गुरुङले जानकारी दिनुभयो ।