गोरखा,६ माघ । सिरानचोक गाँउपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ९ स्वर्ण, ८ रजत र ३ कास्य गरी २० पदकसहित महेन्द्र लिला माध्यमिक विद्यलयलले गाँउपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उपाधि जितेको हो ।
यस्तै ५ स्वार्ण सहित १० पदक जितेर जनकाल्यण माध्यमिक विद्यलय दोस्रो हुन सफल भएको छ । जनकल्याणले ६ स्वर्ण, ४ रजत र ५ कास्य पदक पाएको छ । संसारी माध्यमिक विद्यलयले ४ स्वार्ण, धर्मवती मा.विले ३ स्वार्ण र मण्डलीमा।वि र आहाल भन्ज्याङले १/ १ स्र्वाण जितेको छ । रनिङशिल्ड प्रतियोगितामा गाँउपालिका भित्रका १५ वटा सामुदायिक विद्यालय र एक निजी विद्यालय गरी १६ वटा विद्यलयका विद्यार्थीको सहभागिता रहेको थियो ।
रनिङशिल्ड प्रतियोगितामा छात्र छात्रा तर्फको १००, २००, ४००, ८००, १५००, १६०० र ३ हजार मिटर दौड गराएको थियो । प्रतियोगितामा ४ सय मिटरको रिले दौड पनि खेलाएको गाँउपालिकाले जनाएको छ । यस्तै सटपुट, भाला, लङजम्प, हाइजम्प र त्रिपल जम्पमा पनि सहभागि विदेयार्थीहरु बिच प्रतियोगिता भएको थियो । पालिकास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुनेछन् ।
गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, पालिकाकी उपाध्यक्ष रीता देवकोटा लगायतले विजेता खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको नेपाली कांग्रेसका गण्डकी प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो । माघ २ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता पोखरामा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रिय शोकका कारण स्थगित भएको थियो ।