Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिरानचोक गाँउपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न : ९ स्वर्ण सहित महेन्द्र लिला मावि बिजयी


770
Shares

सिरानचोक गाँउपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न : ९ स्वर्ण सहित महेन्द्र लिला मावि बिजयी

गोरखा, ६ माघ । सिरानचोक गाँउपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ९ स्वार्ण सहित महेन्द्र लिला माध्यमिक विद्यलयलले गाँउपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उपाधि जितेको हो । महेन्द्र लिला माध्यमिक विद्यलयले ९ स्वर्णसहित १८ पदक जितेर विजयी बनेको छ ।

यस्तै ५ स्वार्ण सहित १० पदक जितेर जनकाल्यण माध्यमिक विद्यलय दोस्रो हुन सफल भएको छ । संसारी माध्यमिक विद्यलयले ४ स्वार्ण, धर्मवती मा.विले ३ स्वार्ण र मण्डलीमा.वि र आहाल भन्ज्याङले १÷१ स्र्वाण जितेको छ । रनिङशिल्ड प्रतियोगितामा गाँउपालिका भित्रका १४ वटा विद्यलयका विद्यार्थीको सहभागिता रहेको थियो । बाँकी ९ विद्यलयले भने स्वर्ण जित्न सकेनन् । पदकको हिसाबले एक स्वार्णसहित ८ पदक जितेर मण्डली मा.वि तेस्रो बनेको छ ।

रनिङशिल्ड प्रतियोगितामा छात्र छात्रा तर्फको १००, २००, ४००, ८००, १५००, १६०० र ३ हजार मिटर दौड गराएको थियो । प्रतियोगितामा ४ सय मिटरको रिले दौड पनि खेलाएको गाँउपालिकाले जनाएको छ । यस्तै सटपुट, भाला, लङजम्प, हाइजम्प र त्रिपल जम्पमा पनि सहभागि विदेयार्थीहरु बिच प्रतियोगिता भएको थियो । प्रतियोगिताको नेपाली कांग्रेसका गण्डकी प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले हिजो एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

माघ २ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता पोखरामा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रिय शोकका कारण स्थगित गरेर हिजोबाट सुरु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology