Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखा जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुरु


1.3K
Shares

गोरखा जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुरु

गोरखा, ४ माघ । गोरखा जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुरु भएको छ । गएको साउन १९ गतेदेखि बन्द भएको मतदाता नामावाली संकलन तथा अध्यावधिक कार्य मंगलबारदेखि सुरु भएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।

अनलाईन प्रणालीबाट मतदाता नामावली संकलनको काम सुरु गरिएको उहाँले बताउनुभयो । आयोगले बाहिरी जिल्लाबाट मतदाता नामावली संकलन गर्न, मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा समेत आवश्यक प्रमाण सहित अनलाइनबाट आवेदन दिनसक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । साथै विवाह वा बसाईसराईका कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा प्रमाण सहित अनलाइन प्रणाली मार्फत निर्वाचन कार्यालयमा आवेदन दिन सकिने उहाँले बताउनुभयो ।

त्यस्तै मृत्यु भएका तथा नागरिकता त्याग गरेका मतदाताको एकाघरका परिवारका सदस्यले नामावलीबाट नाम हटाउन प्रमाण सहित सम्वन्धित परिवारका सदस्यले निर्वाचन कार्यालयमा निवेदन दिनुसक्ने सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । मतदाता नामावलीमा नाम रहेको कुनै व्यक्ति उपर कसैले उजुरी दिन चाहेमा आवश्यक प्रमाण सहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था समेत आयोगले मिलाएको छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउन तथा कानून वमोजिम मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकहरुले नामावलीमा नाम दर्ताका लागि अनलाइन मार्फत आवेदन दिन समेत आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology