गोरखा, ४ माघ । भीमसेन थापा गाउँपालिकामा भएको माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जागेश्वर माध्यामिक बिधालय पहिलो हुन सफल भएको छ ।
जागेश्वर माध्यामिक बिद्यालय भुतपुर्व बिद्यार्थी समाजको आयोजनामा मंगलबार भएको प्रतियोगितामा तान्द्राङ स्थित सिद्धकाली मा।वि दोस्रो, बोर्लाङ स्थित सरस्वती मावि बोर्लाङ तेस्रो हुन सफल भएको हो । प्रतियोगितामा शान्ती मावि वगुवाले सान्त्वना स्थान हात पार्न सफल भएको छ । प्रतियोगितामा बिजेता बिद्यालयहरुलाई ट्रफि र मेडलको साथमा प्रमाणपत्र बितरण गरिएको आयोजक जागेश्वर भूतपूर्व बिधार्थी समाजका कपिल तिमिल्सेनाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पालिका भित्रका बिभिन्न आठ वटा बिद्यालयको सहभागिता रहेको थियो । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष विष्णु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।