Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

रुखबाट लडेर ५८ वर्षीय पुरुषको मुत्यु


1.2K
Shares

रुखबाट लडेर ५८ वर्षीय पुरुषको मुत्यु

वीरगञ्ज, ३ माघ । सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका(१४ नारायण खोला बस्ने ५८ वर्षीय रामबहादुर स्याङबाको मृत्यु भएको हो । सोमबार साँझ ६ बजे रामबहादुर घाँस काट्ने क्रममा रुखबाट अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान गरेको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र अन्य अनुसन्धानका कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology