Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आफ्नै छोराको इँट्टा प्रहारबाट बुवाको मृत्यु


3.2K
Shares

आफ्नै छोराको इँट्टा प्रहारबाट बुवाको मृत्यु

अर्घाखाँची । कपिलवस्तुमा इट्टा प्रहारबाट एक पुरुषको हत्या भएको छ। कपिलबस्तुको शिवराज नगरपालिकामा आफ्नै छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो। बावुको हत्या गरेको आरोपमा प्रहरीले वसन्त जिसिलाई बावु चन्द्रबहादुर जिसीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शिवराज नगरपालिका ९ तुरुन्तपुरका ३२ वर्षीय वसन्त जिसिलाई प्रहरीले पक्राउ गरेको हो। घरायसी विवादका कारण छोराले इँट्टाले हानेपछि गम्भीर घाइते भएका चन्द्रबहादुरको चन्द्रदेव संजिवनी अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology