Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

घटेर आयो डिजेलको मूल्य


1.8K
Shares

घटेर आयो डिजेलको मूल्य

काठमाडौं, २ माघ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । आइतबार प्राप्त नयाँ मूल्यअनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ ।

नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताउनुभयो ।

भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology