गोरखा, २ माघ । गोरखाको गण्डकी गाउँपालिकाले ५ वर्षभित्र सय किलोमिटर पक्की सडक निर्माण गर्ने रणनीतिक योजना अघि सारेको छ । पालिका अध्यक्ष दिपक तिमिल्सिनाले आफ्नो कार्यकालभित्र सय किलोमिटर पक्की सडक निर्माण गर्ने योजना रहेको बताउनु भएको हो ।
गाउँपालिकाले वडा गौरवको योजना र थप अन्य योजना मार्फत ५ वर्षमा पालिकाभित्र सय किलोमीटर पक्की सडक निर्माण सम्पन्न गरिने लक्ष्य रहेको उहाँको भनाई छ ।
पालिकाभित्र सय किलोमिटर पक्की सडक निर्माण गर्ने उदेश्य रहेको बताउदै अध्यक्ष साकारले त्यसको लागि पालिकाले योजना तर्जुमा गरिरहेको समेत गाउँपालिका अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।
गण्डकी गाउँपालिकाले पालिका स्तरको कार्यक्रमबाट समेत एक वडा एक गौरवको आयोजना अगाडी बढाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षदेखि नै कार्यक्रम सुरु गरेको हो ।