Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पालुङटार नगरपालिकालाई मासु र दुधमा आत्मनिर्भर बनाईने नगरप्रमुख बिबस चिन्तनको भनाइ


1.8K
Shares

पालुङटार नगरपालिकालाई मासु र दुधमा आत्मनिर्भर बनाईने नगरप्रमुख बिबस चिन्तनको भनाइ

गोरखा,१ माघ । गोरखा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले पालुङटार नगरपालिकालाई मासु र दुधमा आत्मनिर्भर बनाईने बताउनुभएको छ । डुम्रे कृषि सहकारी संस्थाको वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुदैँ उहाँले नगरपालिकालाई मासु र दुधमा आत्मनिर्भर बनाईने बताउनुभएको हो ।

पालुङटार नगरपालिकाले संमृद्ध पालुङटार निर्माण गर्नका लागि कृषि उत्पादनमा जोड दिदै आएको बताउनुभयो । सबै कुरा एकैचोटी पुरा नहुने भएकाले पहिलो चरणमा मासु र दुधमा आत्मा नगरपालिकालाई आत्मा निर्भर बनाएर अन्य कृषिजन्य उत्पादनमा जोड दिने लक्ष्य नगरपालिकाको रहेको नगरप्रमुख चिन्तनको भनाई छ । उहाँले कृषि क्षेत्रमा करोडौं बजेट लगानी गरे पनि लगानी अनुसारको उत्पादन गर्न नसकिएको बताउनुभयो ।

‘बास्तविक किसानहरु अनुदान पाउनबाट बन्चित हुने गरेको पाइएको छ, उहाँले भन्नुभयो, ‘बिगतका वर्षहरुमा कागज पत्र र झोलामा कृषि फर्म चलाउनेले मात्र अनुदान लिने गरेको र बास्तविकरुपमा बाख्रा पालेर गोठालो जानेहरुले डकुमेन्ट बनाउन नजाने कै कारण अनुदान नपाउने गरेको पाइन्छ ।

’ नगरप्रमुख चिन्तनले अब नगरपालिकाले त्यस्ता खालका समस्याको अन्त्य गरी बास्तविक किसानलाई मात्र अनुदान उपलब्ध गराउने बताउनुभयो । उहाँले किसानले उत्पादिन गरेका कृषि उत्पादनको बजार व्यवस्थापन नगरपालिकाले नै गर्ने समेत बताउनु भएको छ । नगरप्रमुख चिन्तनले कृषि सहकारीहरुले पनि मल बितरण गर्ने र ऋण लगानी गर्ने काममा मात्र सिमित राख्न नहुनेमा जोडदिनुभयो ।

कार्यक्रममा पालुङटार नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रविन्द्र अधिकारी, वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष रेशम बहादुर अधिकारी, नेकपा माओवादी केन्द्रका वडा पार्टी अध्यक्ष आर.सी. बोगटी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष अनिता राना मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology