Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु


1.3K
Shares

मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

दाङ, २ माघ । मोटरसाईकल दुर्घटनामा परी दुई यवकको मृत्यु भएको छ । दाङमा मोटरसाईकल दुर्घटना हँदा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका(१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology