Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

विद्यालय स्तरमानै योग शिक्षा आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


1.2K
Shares

विद्यालय स्तरमानै योग शिक्षा आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताउनुभएको छ । आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले मानिसलाई मानसिक रूपले पनि तन्दुरूस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्नेबताउनुभयो। उहाँले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताउनुभयो ।

भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटना भएको भन्दै मानसिक रूपमा पनि व्यक्तिलाई चुस्त राख्न योग आवश्यक रहेको उहाँले बताउनुभयो ।

मानिसहरूको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उहाँको भनाइ छ ।

‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ। अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ। पूर्वीय सभ्यताको पनि नेपालका त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीलाई गर्वको महशुस हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यान सँगै नै अन्तर्निहीत रहेका छन्। हाम्रो सांस्कृतिक धरोहरहरू हेर्‍यो भने मठ, मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए।

त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो। हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो। संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुची बढेको छ।’ प्रधानमन्त्री प्रचण्डले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology