Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

विमान दुर्घटनाको जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना


1.3K
Shares

विमान दुर्घटनाको जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना

काठमाडौं,१ माघ । पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन सरकारले त्रिभुवन विमानस्थलमा कल सेन्टर सुरु गर्ने भएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

‘घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ’ मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै उहाँले भन्नुभयो ।

सरकारले दुर्घटनामा मृत्यु भएकाहरुको पार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेललेबताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology