Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाका धिताल गण्डकी प्रदेशको सभामुखमा विजयी


1.4K
Shares

गोरखाका धिताल गण्डकी प्रदेशको सभामुखमा विजयी

गोरखा, ३० पुस । गण्डकी प्रदेश सभाको सभामुखमा गोरखाका कृण्ण धिताल विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रकातर्फबाट गोरखा १ (क) बाट निर्वाचित धिताल आज भएको निर्वाचनमा निर्वाचित हुनुभएको हो ।

शनिबार भएको मतदानमा धितालले ३२ मत पाएका थिए भने विपक्षीमा २६ मत परेको थियो । एमाले नेतृत्वमा बनेको सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमती भए अनुसार नै धिताल सभामुखमा चयन हुनुभएको हो ।

सदस्य प्रदेश सभामा ६० सदस्य भएता पनि आज भएको निर्वाचनमा ५८ जनाको मात्र उपस्थिती रहेको थियो । प्रदेश सुभामा काग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology