Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

क्यालिफोर्नियामा आँधीमा परी१७ जनाको मृत्यु


1.8K
Shares

क्यालिफोर्नियामा आँधीमा परी१७ जनाको मृत्यु

काठमाडौं, ३० पुस । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु भएको छ ।

आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन् । आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।

त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै राज्य सरकारले सावधानी अपनाउन भनेको छ ।

सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा पनि २३ जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology