Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा कोरोना बिरुद्ध सचेतना फैलाउदै मास्क बितरण


5.5K
Shares

गोरखामा कोरोना बिरुद्ध सचेतना फैलाउदै मास्क बितरण

गोरखा । कोरोना भाइरस संक्रमणबाट जोगिन गोरखा बजारमा मास्क बितरण गसिरएको छ । बजारमा माक्सको अभाब भएपछि गोरखा मनकामना यातायात प्रालिको आयोजना तथा सामुदायिक सेवाकेन्द्र गोरखाको समन्वयमा सदरमुकामको बसपार्कमा निशुल्क माक्स बितरण गरिएको हो ।

कार्यक्रममा सहभागिहरुलाई कोरोनाका बिषयमा सचेतना मुलक सन्देश समेत दिईएको थियो । गोरखा बजारमा एक साता देखी सर्जिकल मास्क तथा कपडाको मास्क पाउन छाडे पछि केन्द्रको सहयोगमा प्रालिले स्थानिय स्तरमा नै मास्क उत्पादन गरी बितरण गरेको हो ।

मास्क बितरण कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले संक्रमणबाट जोगिनका लागि स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै मेयर पन्तले संक्रमण भई हाले पनि नआत्तिन आग्रह गर्दै स्वास्थ्य संस्थामा गएर चेक जाँच गराउन अनुरोध गर्दै नगरपालिका भित्रै १३५ जनालाई क्वारेन्टाईमा राख्न मिल्ने गरी भवनको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो ।

मेयर पन्तले नगर क्षेत्र भित्रको सबै स्वास्थ्य संस्थामा आवश्यक औषधी पठाई सकेको र संभावित औषधीहरु समेत खरीद गरी स्टक राखिएकोले औषधी अभावमा नगरबासीले स्वास्थ्य सेवा नपाउने डरमा नबस्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा औषधी ब्यवसायी संघका जिल्ला अध्यक्ष संगम श्रेष्ठले बजारमा हल्ला भएको जस्तो गरी औषधी अभाव नहुने भन्दै औषधी उत्पादन पुर्ण रुपमा बन्द भए पनि अबको ४ महिनालाई पुग्ने औषधी स्टक भएकोले हल्लाको पछि लागेर औषधी खरिद नगर्न सर्व साधारणहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठ र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका गोरखा प्रतिनिधी बिपीनचन्द्र ढकालले स्वास्थ्य समस्या आउनु भन्दा अगाडी नै सचेत रहन आग्रहगर्नुभएको थियो । प्रालिले २ हजार कपडाको माक्स तयार गरी बितरण गर्ने अध्यक्ष ताराबहादुर खड्काले बताउनुभयो। आजै १२ किलो क्षेत्रबाट पनि सर्व साधारणहरुलाई माक्स बितरण गरीने प्रालिले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology