Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाको कारण पर्यटन वर्ष सन् २०२० प्रभाबित हुने चीनबाट नेपाल आउने पर्यटकमा ८० प्रतिशतको गिरावट


3.6K
Shares

कोरोनाको कारण पर्यटन वर्ष सन् २०२० प्रभाबित हुने चीनबाट नेपाल आउने पर्यटकमा ८० प्रतिशतको गिरावट

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पर्यटन वर्ष सन् २०२० प्रभाबित हुने भएको छ । कोरोना भाईरसका कारण पर्यटन क्षेत्रमा तीन प्रतिशतसम्मको गिरावट आउने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले यस्तो अनुमान गरेको हो । सन् २०१९ मा विश्वभरका १ अर्ब ४६ करोड मानिस आफ्नो देशबाट अन्य देशमा भ्रमणको उद्देश्यले निस्किएको संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । यसवर्ष कोरोनाका कारण विश्वभर करिव ४ करोड ३८ लाख पर्यटक कम हुने संगठनको अनुमान लगाएको छ ।

संगठनले यसअघि जनवरीको पहिलो साता गरेको प्रक्षेपणमा विश्वभर पर्यटक आगमनमा ३ देखि ४ प्रतिशतसम्मको वृद्धि हुने अनुमान गरेको थियो । पर्यटक आगमनमा हुने गिरावटले पर्यटनमा अुने आयसमेत घट्ने छ । अहिले संसारमा बढी घुमघाम गर्न निस्कनेमा शियाली धेरै रहेका छन । जसमा ठूलो जनसंख्या भएको चीन र भारत बढी रहेका छन।

नेपालमा कोरोना प्रभावबारे सरकारले कुनै अध्ययन पाईएको छैन । तर, सन् २०२० को पहिलो दुई महिनाको पर्यटकीय तथ्यांकलाई हेर्ने हो भने पनि करीव २ प्रतिशतको गिरावट आएको देखिन्छ। अझ मार्च महिनामा भने यो संख्या अझै घट्ने निश्चित देखिएको छ । मार्चमा अन्तर्राष्ट्रिय उडानमा समस्या शुरु भएका कारण पनि गिरावट आउने देखिन्छ ।

चीनबाट आउने पर्यटकमा ८० प्रतिशतको गिरावट आइसकेको छ । खाडी मुलुकतर्फको उडानसमेत प्रभावित भएकोले पर्यटक घट्ने देखिएको छ । नेपालमा पर्यटकीय मौसम शुरु भएको छ ।पर्वतारोहणको सिलसिलामा धेरै पर्यटक चैत–जेठसम्म नेपाल आउने भएता पनि कोरोना भाइरसका कारण यो सिजन प्रभावित हुने देखिएको छ । सरकारले ८ देशमा अनअराइभल भिसा बन्द गरिसकेको छ । यी मुलुक नेपालमा बढी पर्यटक आउनेमध्ये देशहरु हुन् ।

युरोप र अमेरिकी मुलुकमा पछिल्ला दिनमा कोरोनाका फैलिरहेको कारण आगामी दिनमा पर्यटन क्षेत्र अझ प्रभावित हुने चिन्ता पर्यटन व्यवसायीमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology