Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आज मन्त्रिपरिषद् बैठक बस्दै


1.7K
Shares

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं,२८ पुस । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

पुस ११ गते पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले सचिव सरुवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना लगायतका निर्णय गरेको थियो । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology