गोरखा, २७ पुुस । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सवै दलको साझा प्रधानमन्त्रीको रुपमा आफूले पाएको बिश्वासको मतले चुनौती जिम्मेवारी दुवै थपिएको बताउनु भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११ औं गोरखा महोत्सव एवंम प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदैँ उहाँले साँझा प्रधानमन्त्रीको रुपमा काम गर्ने ऐतिहासिक अबसर प्राप्त भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले यसलाई आफूलै एउटा ठूलो चुनौती र अवसरको रुपमा लिएको समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले अब देशको बिकास र सम्बृद्धिलाई गति प्रदान गर्ने समेत बताउनु भएको छ । उहाँले सार्वजनिक तथा नीजि क्षेत्रको योगदान र पहल बिना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार बिमानस्थल सञ्चालन लगायतका कामलाई अगाडी बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।
‘बिकासका अधुरा परियोजनाहरुलाई अगाडी बढाउने र देशलाई सम्बृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथामिकतामा छ, उहाँले भन्नुभयो, ‘ऐतिहासिक अबसरलाई पुरा गर्न निरन्तर अगाडी बढ्नेछु ।’ प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफुले गरेका प्रतिबद्धतलाई पुरा गर्ने बताउनुभयो । ‘निर्वाचन अभियान दौरानमा तपाईहरुको अगाडी गरेको बाँचा कवुलहरु राम्रैस्ांग सम्झना छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘गोरखाको जिल्लाको जनप्रतिनिधिको रुपमा निर्वाचिन भएर झण्डै राष्ट्रिय सहमति प्रधानमन्त्री बन्न पाउदा मलाई गर्व पनि छ ।
’ उहाँले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सवै नेपाली जनताको सेवा गर्ने अबसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यबाद समेत दिनुभयो ।