Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मलको कालोबजारी गर्ने एक पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद


987
Shares

मलको कालोबजारी गर्ने एक पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद

वीरगञ्ज,२६ पुस । वीरगञ्जमा मलको कालोबजारी गर्ने एक पसल सञ्चालक लाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका (१८ मोतीसार बस्ने उमेश कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गरिरहेको सूचनाको आधारमा साहले सञ्चालन गरेको श्री राम स्टोर्स किटनाशक पसलमा प्रहरीले छापामारी गरेको हो।

सो क्रममा प्रहरीले पसलबाट १२३ बोरा मल बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

साथै पसलमा सिलबन्दी गरी मलसहित साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बाराबाट पहिलो पटक ५ दिनको म्याद थप गराइ आवश्यक कारवाही अघि बढाइएको थापाले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology