काठमाडौं,२६पुस । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर यसवर्षको प्रतीक्षित बलिउड फिल्म ‘पठान’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । विवाद र चर्चाले घेरिएको यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ भैरहँदा निर्माण कम्पनी यशराज फिल्म्सले ट्रेलर ल्याएको हो । स्पाइ(एक्सन(थ्रीलर फिल्ममा भरपूर एक्सन दृश्य समावेश गरिएको छ ।
‘पठान’ पाँचवर्षपछि शाहरुखको कमब्याक फिल्म समेत हो जसले गर्दापनि उनका फ्यानमाझ यसलाई लिएर ब्यापक पर्खाइ छ । यो फिल्मलाई यशराज ब्यानरको चौंथो स्पाइ सिरिज भएको बताइएको छ ।
फिल्ममा सलमान खानले टाइगर नामक केमियो चरित्रमा समेत अभिनय गरेका छन् । सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको फिल्म माघ ११ गते बुधबार भारतसहित विश्वभर रिलिज तयारीमा छ । भारतीय स्वतन्त्रता दिवसको छेकोमा फिल्म आउन लागेको हो ।