Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफै झुण्डिएर गरे आत्माहत्या


1.7K
Shares

कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफै झुण्डिएर गरे आत्माहत्या

चितवन,२६ पुस । चितवनको भरतपुर महानगरपालिका(२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं। २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७–२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४–२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology