काठमाडौं,२५ पुस । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको नरान उपमहानगरपालिका(१७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका(८ लामाटार बस्ने ४४ वर्षीय सञ्जीव भट्टराई रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ । उनी लेनदेन बिगो मुद्दामा २ वर्ष कैद र ४० लाख जरिवाना भएको फैसला भएको मुद्दामा उनी फरार भएको प्रहरीले जनाएको छ ।