Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते


2K
Shares

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

पाल्पा,२५ पुस । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु चार जना घाइते भएका छन् । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं। १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो। स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो ।

रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं। १ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology