Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

स्रोत नखुलेको ५२ लाख नगदसहित दुई पक्राउ


1.2K
Shares

स्रोत नखुलेको ५२ लाख नगदसहित दुई पक्राउ

काठमाडौं, २५ पुष । सप्तरीमा स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

बोदेबरसाइन नगरपालिका—५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिनुभयो।

बोदेबर्साइन—९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा पक्राउ परेका हुन्।

उनीहरूले बरसाइन बजारमा रहेको कौशल किशोर यादवको घरको कोठा भाडामा लिएका थिए।

आइतबार बिहान साढे ११ बजे उक्त कोठामा हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षकको कमान्डमा टोली पनि खटिएको थियो।

सिआइबी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको टोली उक्त कोठामा पुगेको थियो।

खोजी गर्नेक्रममा खाटमाथि कपडाले छोपेर राखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद भएको डिएसपी सिंहले बताउनुभयो।

यस्तै रामविलास तेलीले बोकेको कालो ब्यागबाट १५ लाख र मायानन्दले बोकेको झोलामा ९ लाख बरामद भएको हो।

प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

साथै हिसाब लेखिएको पाँच वटा कापी पनि प्रहरीले बरामद गरेको हो। उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology