गोरखा, २५ पुष । गोरखाको शहिदलखन गाउँपालिका ६ घैरुङ पिपलछापमा भोलीदेखी ‘नबौ शहिद लखन हिमालय देबि कप’ प्रतियोगीता हुने भएको छ ।
पौष २६ देखि १ गतेसम्म प्रतियोगीता हुने क्लवका अध्यक्ष निर्मल गुरुङले जानकारी दिनुभयो । प्रतियागितामा प्रथमलाई एक लाख २१ हजार पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई नगद रु ६० हजार मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, गोल रक्षक गोलकर्ताकालागि पनि आकर्षक पुरस्कार रहेको अध्यक्ष गुरुङले बताउनुभयो । खेलमा सहभागी हुन चाहने टिमले पौष २५ गते बेलुकी ८ बजेसम्म टिम दर्ता गराउन सक्ने क्लबले जनाएको छ । प्रतियोगीतामा ९जना खेलाडी, ३ जन एक्स्ट्रा ,१ जना कोच सहित जम्मा १३ जना सहभागी हुने क्लबले जनाएको छ । आयोजकका अनुसार दर्ता शुल्क दुई हजार धरौटी सहित १२ हजार कायम गरिएको छ ।