Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपालबाट चोरिएको बुद्धको प्रतिमा हलिउड फिल्म निर्माताको घरमा भेटियो


1.2K
Shares

नेपालबाट चोरिएको बुद्धको प्रतिमा हलिउड फिल्म निर्माताको घरमा भेटियो

काठमाडौं,२४ पुस : नेपालबाट चोरीएको बुद्धको प्रतिमा हलिउड फिल्म निर्माताको घरमा भेटिएको छ । नेपालबाट आधा शताब्धीअघि चोरिएको पुरातात्विक बुद्ध प्रतिमा हलिउड फिल्म निर्माता माइक फिलिप्सको अमेरिकाको लस एन्जलसस्थित बेभर्ली हिल्सको घरमा भेटिएको हो ।

हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ले छैटौं शताब्दीको सिर्जना मानिने उभिएको बुद्धको मूर्ति फिलिप्सको घरमा भेटिएको सार्वजनिक गरेको छ । उक्त मूर्ति २०२५ सालतिर ललितपुर मच्छिन्द्रबहालबाट चोरिएपछि स्थानीयवासीले प्रशासनमा जानकारी गराएको समेत जनाइएको छ ।

आर्ट्स अफ एसिया म्यागजिनले पनि हराएको भनिएको बुद्धको मूर्ति फिल्म निर्माता फिलिप्सको घरमा भेटिएको जनाएको छ । हराएको मूर्ति फिलिप्सको घरमा भेटिएको फोटो पहिलो पटक स्टीफन लिटिलद्वारा प्रकाशित ‘आर्ट अफ एसिया’ पत्रिकामा, ‘इमेजेज अफ बुद्ध फ्रम माइकल फिलिप्स संग्रह’ शीर्षकको लेखमा सन् २०१३ को जनवरी(फेब्रुअरी संस्करणमा छापिएको देखिन्छ । साथै उक्त तस्वीर अलरिच भोन स्क्रोडरद्वारा प्रकाशित तस्वीर संग्रह चोरिएका नेपाली मूर्तिमा पनि प्रकाशित छ ।

अहिले अमेरिकाको न्युयोर्कमा बस्ने ७९ वर्षीय फिलिप्स सन् १९७३ मा रिलिज भएको हलिउड फिल्म ‘द स्टिङ’का निर्माता समेत हुन् । ४६ औं ओस्कार अवार्डमा १० विधामा मनोनयन भएको यो फिल्मले उत्कृष्ट फिल्मसहित सात विधामा जित हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology