काठमाण्डौं २३, पुस । एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते भएका छन् । अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार रिचनेक प्राथमिक विद्यालयमा उक्त घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेको छैन ।
‘व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । बालक अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यो आकस्मिक गोलीबारी थिएन ।’ पीडित महिला ३० वर्षकी शिक्षिका रहेको र उहाँको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भन्नुभयो । एजेन्सी