Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा अस्पतालमा हाडजोर्नी सम्बन्धि अप्रेसन सेवा संचालनमा


4.2K
Shares

गोरखा अस्पतालमा हाडजोर्नी सम्बन्धि अप्रेसन सेवा संचालनमा

गोरखा, २२ पुष। गोरखा अस्पतालमा हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवा संचालनमा आएको छ । अस्पतालले अप्रेसन सेवा बिस्तारको क्रममा हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवा संचालनमा ल्याएको हो ।

सडक दुर्घटनादेखी रुखबाट लडेकाहरुको डाजोर्नीमा समस्या भएकहरुलाई उपचार गर्ने गरी सेवा सञ्चालनमा ल्याएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो । ‘ हामीले सामान्य हाडजोर्नी अप्रेशनका लागि पनि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ’ ढकालले भन्नुभयो ‘अब भने स्टिलहरु राखेर गनुपर्ने अप्रेशन पनि यही गर्न सकिन्छ ।’

अस्पतालले यो सेवा बिगत २ सातादेखी सञ्चालनमा ल्याएको उहाँको भनाई छ। सूचना अधिकारी ढकालका अनुसार अहिलेसम्म ४ जनाले सेवा लिई सकेका छन् ।हाल सिएम मेशिन नआएको कारण ठुला अप्रेशन नगरिएको तर सामान्य अप्रशेनका लागि पनि जिल्ला बाहिर जानुपर्ने समस्याबाट सेवा ग्राही मुक्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

हाडजोर्नी तथा नशारोग विशेषज्ञहरु डा.सिद्दार्थ खनाल र डा.सन्देश श्रेष्ठ गोरखा अस्पतालमा दैनिक सेवा दिदैै आउनु भएका छन् । प्रशासनले दिएको जानकारी अनुसार १ महिना भित्रै सिएम मेशिन आउने र त्यस लगत्तै ठुला सबै प्रकारको अप्रेशन अस्पतालबाट हुने छ ।

यता न्युरोलोजिष्टहरु संग सल्लाह गरेर गनुपर्ने बाहेकका सबै प्रकारको हाडजोर्नीको सेवा अस्पतालबाट दिन सक्षम भएको छ । २ साता अगाडीसम्म पनि अस्पतालमा आएका हाडजोर्नीको समस्याका बिरामीहरुलाई अस्पतालले जिल्ला बाहिर रेफर गर्दै आएको थियो ।

अप्रेशनका लागि अस्पतालमा एनेस्थेसियाको लागि एनेस्थेसियोलोजिष्ट डा.अबिशेस श्रेष्ठले सेवा दिदै आउनु भएको सूचना अधिकारी ढकालले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology