Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दादुराका लक्षण देखिएको ३१ महिने बालकको मुत्यु


1K
Shares

दादुराका लक्षण देखिएको ३१ महिने बालकको मुत्यु

दाङ, २१ पुस । दादुराका लक्षण देखिएको एक बालकको मुत्यु भएको छ । बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो।

शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो। ज्वरो आउने, शरिरका विभिन्न भागमा राता(राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो। वडा नम्बर ५ मा ८ जना बालबालिकामा उच्च ज्वरोसहित दादुराका लक्षण देखा परेको उहाँले बताउनुभयो। सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्।उनीहरूको उपचार भइरहेको छ। उनीहरूलाई दादुराको खोप लगाइएको थिएन। नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology