काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाटपछि विवादमा आएका गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापाले कारागारमा आत्मासमर्पण गरेका छन् । थापाले सोमबार डिल्लीबजार कारागारमै पुगेर आत्मसमर्पण गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा नरेशको सम्पर्क बस्न्त्यातसँग रहेको रहस्य खुलेको थियो। फिरौती असुलीमा धम्की दिएको आरोपमा पक्राउ परेका नरेश नगरकोटी र पवन खड्कासँग समेत नरेशको भेटघाट र सम्पर्क देखिएको थियो।
ब्यूरोले नरेशलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेपनि उनी छुटेका थिए। पछि उच्च अदालत पाटनले नरेशलाई पक्राउ गरेर थुनामा राख्न प्रहरीलाई आदेश दिएको थियो।