Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आगालागीमा परी,२ जना घाइते, २ को मृत्यु


1.7K
Shares

आगालागीमा परी,२ जना घाइते, २ को मृत्यु

झापा, २० पुस । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन्। स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो ।

मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडालेबताउनुभयो । आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् ।

आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ। अन्नपात, गरगहना, किराना पसलसमेत गरी करिब ५० लाख बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । आगलागी नियन्त्रण गर्न ३० जना प्रहरी परिचालन गरिएको थियो। स्थानीय, २ वारुणयन्त्र र प्रहरीको सक्रियतामा आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology