गोरखा, १९ पुष । गोरखा नगरपालिका गोरखाले नगरपालिका भित्रका सामुदायिक बिधालयहरुमा १० दिन जाडो बिदा दिने भएको छ ।
नगरपालिका यहीँ पुस २४ गतेदेखि माघ ३ गतेसम्म जाडो बिदा दिने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
नगरपालिका शिक्षा समितिको निर्णय अनुसार नगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक बिधालयहरुमा जाडो बिदा दिने निर्णय भएको उहाँले बताउनुभयो ।
यसैबीच गोरखा नगरपालिका गोरखाले ठूलो आँगन क्षेत्रमा जथाभावी टाँगिएका तारजाली हटाउन निर्देशन दिएको छ । नगरपालिकाले आज एक सूचना निकालेर ठूलो आँगन क्षेत्रमा रहेको पोलमा टाँगिएको तारजाली हटाउन निर्देशन दिएको छ ।
नगरपालिकाका उपसचिव चन्द्रबहादुर खड्काले जारी गर्नुभएको सूचनामा नगरपालिकाको ठूलो आँगनमा तत्कालिन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण, झण्डोत्तोलन र बिगुल तथा सलामी अर्पण प्रयोजनका लागि बिद्युत पोल हटाउनु पर्ने भएकाले बिद्युत पोलमा टाँगिएका तारहरु हटाउन नगरपालिकाले निर्देशन दिएको हो ।
नगरपालिकाले पोलमा टाँगिएका तारजाली २४ घण्टा भित्र हटाउन भनेको हो ।