Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लघुवित्तका कर्मचारी र ऋणी बीच किस्ता तिर्ने विषयमा विवाद भएपछि…


1.9K
Shares

गोरखामा लघुवित्तका कर्मचारी र ऋणी बीच किस्ता तिर्ने विषयमा विवाद भएपछि…

गोरखा, १८ पुष । जिल्लाको गण्डकी गाउँपालिकामा लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच विवाद भएको छ । विवाद हुदाँ एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका ६ लुप्राङकी डल्लीमाया चेपाङ बीच ऋण तिर्ने विषयमा विवाद भएको हो । विवादमा दुई पक्ष बिच हात हालाहाल भएको हो ।

चेपाङले लिएको ऋण मध्ये केही तिर्न बाँकी रहेको रकमको बिषयमा बैठकमा छलफल हुदै गर्दा लघुबित्तका कर्मचारी गुरुङले चेपाङ माथि हातपात गरेको थियो । पिडित चेपाङका अनुसार गुरुङले कपाल र कुममा हातपात गरेको बताउनुभयो। ‘पैसा तिर्ने बिषयमा कुरा हुदै गर्दा सरले मेरो कपाल र कुममा हात हाल्नु भयो’ डल्लीमायाँले भन्नुभयो ‘मलाई सारै रिस उठ्यो मैले पनि बल लगाएर धकेलीदिए ।’

भनाभनका बिच अभद्र ब्यवहार गर्न पुगेका कर्मचारी गुरुङकै कारण विवाद भएको बैठकमा सहभागी अन्य महिलाहरुले पनि बताएका छन् । ति महिलाहरुका अनुसार ति कर्मचारीले जथाभावी मुख पनि छाडेको, हात पनि छाडेका थिए । तरकारी बेचेर किस्ता तिरि रहनु भएका चेपाङलाई कर्मचारीहरुले जहाँ जहिले भेट्दा पनि कहिले झुण्डेर मर त कहिले त्रिशुलीमा हाम्फालेर मर भन्ने गरेको गुनासो सुनाउनु भयो ।

चेपाङले लकडाउन भएपछि तरकारी बिक्न छाडेको कारण किस्ता तिर्न समस्या भएको स्विकार गर्नु भएको छ। लघुबित्तका अनुसार चेपाङले कोरोना कालमा सो लघुवित्तबाट ३ लाख रुपैयाँ ऋण लिनु भएको थियो ।

तरकारी बेचेर नियमित किस्ता तिरिरहेकी उहाँले लकडाउन सुरु भएपछि किस्ता तिर्न समस्या देखिएको थियो । संस्थाले चेपाङलाई अहिले कालोसूचीमा राखेको छ । उक्त घटना हिजो (आइतबार)को हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology