Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्त पक्राउ


812
Shares

अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं,१७ पुस । प्रहरीले दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहारको) अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(९, काठमाडौंका ५५ वर्षीय रुद्रनाथ अधिकारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मच्छेगाउँबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि २०७९ कार्तिक २७ गते दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहारको अवैध ओसारपोसार मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology