Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा प्रतिबन्धित जडिबुटी सहित गुरुङ पक्राउ


1.7K
Shares

गोरखामा प्रतिबन्धित जडिबुटी सहित गुरुङ पक्राउ

गोरखा, १७ पुस :  गोरखाको आरुघाट गाउँपालिका–३ केवरपानीबाट प्रतिबन्धित जडीबुटी पाँचऔँले सहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले प्रतिबन्धित जडिबुटी सहित धार्चे गाउँपालिका वडा नम्बर २ घर भएका ५२ बर्षका आशमान गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीले चेकजाँचका क्रममा शरीर खानतलासी गर्दा गुरुङले बोकेको झोलामा प्रतिबन्धित जडिबुटी पाँचऔले फेला पारेको उहाँले बताउनुभयो । ‘उनको साथबाट पाँच किलो ६ सय ५० ग्राम जडिबुटी बरामत भएको छ, डिएसपी लामिछानेले भन्नुभयो, ‘बरामद गरिएको जडिबुटीको मुचुल्का उठाएर गुरुङलाई नियन्त्रणमा लिइएको हो ।’

पक्राउ परेका गुरुङलाई आज नै बरामद् प्रतिबन्धित जडिबुटी सहित थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय गोरखामा बुझाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology