गोरखा, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले गण्डकी प्रदेशसभाको संसदिय दलको नेता चयन गरको छ । माओवादी केन्द्र गण्डकी प्रदेश संसदिय दलको बैठकले हरीबहादुर चुमानलाई निर्विरोध संसदिय दलको नेतामा चयन गरेको हो । गण्डकीमा माओवादी केन्द्रको ८ जना सांसद रहेका छन् ।
बैठकमा कृष्ण धिताल र शुशिला सिम्खडाले पनि दलको नेतामा दावी गरेका थिए । प्रदेश संसदिय दलको नेता परेसंगै गठबन्धनबाट माओवादीको भागमा प्रदेशको मुख्यमन्त्री परे चुमान मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
उहाँ यस अघि गण्डकी प्रदेश सरकारको आन्तरिक मामिलामन्त्री बन्नुभएको थियो । यद्देपी एमाले सहितको गठबन्धन बनेसंगै गण्डकी प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने लगभग निश्चित छ ।