काठमाडौं,१७ पुस । इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। आइतबार बिहान ८ बजे इलाम नगरपालिका( १ साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो ।
आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।