Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बहुपति प्रथाबारेको फिल्म ‘टुल्की’ चैत ३ मा प्रदर्शन हुने


1.6K
Shares

बहुपति प्रथाबारेको फिल्म ‘टुल्की’ चैत ३ मा प्रदर्शन हुने

काठमाडौं,१७ पुस। बहुपति प्रथामाथि निर्माण भएको फिल्म ‘टुल्की’ आगामी चैत ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । केही समयअघिसम्म हिमाली क्षेत्रमा प्रचलनमा रहेको उक्त प्रथामाथिको कथावस्तुको फिल्ममा शिशिर बाङ्देल र स्वस्तिमा कार्कीको प्रमुख अभिनय छ ।

डोल्पामा छायांकन गरिएको फिल्मको निर्देशन देवजंग थापाले गरेका हुन् भने छायांकन सुशील अधिकारी र नमराज घिमिरेले गरेका हुन् । सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेको पनि अभिनय छ ।

अभिनेत्री सुहाना थापा सीईओ रहेको फिल्म वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ । पाम ग्रुप प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा शेखर लामाले लेखेका हुन् । फिल्म ‘टुल्की’ले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology