Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

 अभिनेता सुशील श्रेष्ठको ‘द आउट ल’को पोस्टर सार्वजनिक,फिल्म दशैंमा रिलिज गर्ने 


1.1K
Shares

 अभिनेता सुशील श्रेष्ठको ‘द आउट ल’को पोस्टर सार्वजनिक,फिल्म दशैंमा रिलिज गर्ने 

काठमाडौं,१५ पुस । अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । थिम टिजर पनि शुक्रबार नै सार्वजनिक गर्ने तयारी छ ।

फिल्ममा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाले अनस्क्रिन रोमान्स गर्नेछिन् । नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि फिल्ममा अभिनय हुनेछ । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मले कानुन नमान्ने पात्रको कथा भन्छ । अभिनेता श्रेष्ठले आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो ।

सन् २०१५ मा ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेका उनले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । शिक्षा चाहिं मोडलिङ क्षेत्रमा सक्रिय छिन् । शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत ‘प्रेमगीत ३’का कला निर्देशक समेत हुन् ।

निर्माता शशांक खड्काले छायांकनको तयारी पूरा भएको बताउनुभयो । पुस २१ गतेदेखि छायांकन सुरु हुनेछ । ‘कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले फिल्मको नतिजा राम्रो आउने विश्वास छ,’ खड्काले भन्नुभयो । फिल्मलाई नवीन गुरुङले खिच्नेछन् । करिब दुई करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology