Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चन्द्र ज्योति प्रा.बिका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण


1.4K
Shares

चन्द्र ज्योति प्रा.बिका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण

गोरखा, १४ पुस ।  लायन्स क्लव अफ गोरखा तारानगर र लियो क्लव अफ गोरखा तारानगरले २७ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ११ मा रहेको श्री चन्द्र ज्योति . बालबालिकाहरुलाई स्विटर, टोपी सहित शैक्षिक सामाग्रीहरु समेत प्रदान गरिएको लियो क्लब अफ गोरखा तारानगरका सचिव नविन घिमिरेले जानकारी दिनुभयो ।

लियो क्लवले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट न्यानो कपडाको व्यवस्थापन गरेको हो भने लायन्स क्लवले बालबालिकाहरुका लागि इलेजर, पेन्सिल कटर लगायतका शैक्षिक सामाग्री व्यवस्थापन गरेको हो । सोही अबसरमा विद्यालयलाई २ थान डस्विन समेत हस्तान्तरण गरिएको घिमिरले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ गोरखा तारानगरका अध्यक्ष यम बसेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्का, चन्द्र ज्योति प्राथामिक बिधालयका प्राधानाध्यापक प्रतिसा कुँवर, लायन्स क्लव अफ गोरखा तारानगरका प्रथम उपाध्यक्ष सुनिल कुवँर, लियो क्लव अफ गोरखा तारानगरका प्रथम उपाध्यक्ष सन्जित आले मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबले स्थापनादेखि नै सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology